१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस्



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्र प्राप्तिका लागि भएका विगतका संघर्ष र शहीदहरूको बलिदानलाई नजरअन्दाज नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गर्नुभएको छ ।

चितवनमा आयोजित रास्वपाको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाको उदय र उत्साहलाई सकारात्मक रूपमा लिँदै महामन्त्री थापाले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य र पञ्चायतकालीन संघर्षका कथाहरूलाई अवमूल्यन नगर्न सुझाव दिनुभयो ।

सभापति थापाले विगतका कमीकमजोरीबाट सिक्दै र सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कुनैपनि राजनीतिक दलको वास्तविक शत्रु अर्को दल नभई गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको उल्लेख गर्नुभयो । वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षा गर्दै जनताको अवस्था बदल्न सबै दलहरू जिम्मेवार हुनुपर्ने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘आज चितवन आउँदा सहरभरि नीलो झण्डा देखेँ । चितवनले यो ऊर्जा डिजर्भ गर्छ, र राष्ट्रिय स्वतन्त्र पार्टीको पनि यो हक हो । भोलि हजारौँ प्रतिनिधि यही नीलो झण्डामुनि बसेर नेपालको भविष्यबारे छलफल गर्दै हुनुहुन्छ, त्यसका लागि शुभकामना । अगाडि बढ्दा विगतलाई इन्कार गर्नु हुँदैन । हामीसँग प्रेरणादायी इतिहास पनि छ र सिक्नुपर्ने कमजोरीहरू पनि छन् । विशेष गरी लोकतन्त्रका लागि बलिदान दिने शहीदहरू र आन्दोलनका योद्धाहरूको योगदान कहिल्यै बिर्सनु हुँदैन । आज हामीले पाएको लोकतान्त्रिक अधिकार उनीहरूको संघर्षको परिणाम हो । अब हाम्रो साझा लक्ष्य सुशासन, विकास र सेवा प्रवाह हो । शिक्षामा, स्वास्थ्यमा र राज्य सञ्चालनका सबै क्षेत्रमा सुधार गर्नुपर्छ । हाम्रो वास्तविक दुश्मन गरिबी, अज्ञानता, विभेद र अक्षमता हुन् । विधि, संविधान र लोकतान्त्रिक मूल्यको संरक्षण गर्दै देशको अवस्था परिवर्तन गर्ने जिम्मेवारी हामी सबैको हो । यही विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु ।’

उहाँले रास्वपा सभापति रवि लामिछाने लगायत सिङ्गो टोलीलाई अधिवेशनको सफलताका लागि शुभकामना समेत व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल