१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा

सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाले अनाधिकृत मान्छेहरु गएर वीरगञ्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप लगाउनुभएको छ ।

आईतवार शान्तिका लागि सामूहिक अभियान (कोक्याप)ले आयोजना गरेको मानवअधिकार रक्षकहरुको राष्ट्रिय सम्मेलनमा उहाँले गृह मन्त्रालयबाट आएको भन्दै अनाधिकृत मान्छेहरुले सडक भत्काएको बताउनुभएको हो ।

पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई सडक विस्तारका लागि संरचना भत्काइएको उहाँको भनाई छ । थापाका अनुसार सडक विस्तारका क्रममा बैंक ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेका सर्वसाधारणलाई आफ्नो पसल तथा सामान समेत सार्न समेत नदिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेश प्रदेशको मानवअधिकार आयोगले एउटा रिपोर्ट बुझाएको छ । म त्यो रिपोर्ट हेरेर पनि आएँ, मोनिटरिङ पनि गरेर आएँ । वीरगञ्जमा सात दिन पनि टाइम नदिएर बाटो चौडा गर्नुपर्छ भनेर स्वाट्टै हाइवे भत्काएको छ । त्यहाँ एकजना बुवा त रोएर मलाई झन्डै खुट्टा समात्न आउनुभयो । ‘मैले सबै बैंकबाट ऋण लिएर एउटा पसल खोलेको थिएँ, मलाई सामान पनि सार्न पनि दिईएन भन्नुभयो । त्यो हटाउन सरकारको मान्छे कोही नी गएको छैन, ‘हामी गृह मन्त्रालयबाट आएको’ भन्नेर अरु नै मान्छे गएको छ । त्यो रिपोर्ट भर्खरै हामीकहाँ आएको छ । कसरी चाहिँ एउटा बाहिरको मान्छे गएर सरकारमा बसेको पनि होइन, सिडिओलाई अगाडि राखेर बाहिरको मान्छे गएर दबाएर बाटो भत्काएर रुवाबासी गराएको छ । हिजो भत्काएका सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका छन् । हामीलाई के एकदम बेइजिङको जस्तो हाइवे बनाउनु छ ? अब भरतपुरमा पनि ३० मिटरबाट ५० मिटर बनाउने रे ! भनेर नगरपालिकाले निर्णय गर्न लागेको छ रे । त्यो बनायो भने अर्को १० हजार सुकुम्बासी हुन्छन् । के हामी त्यो कम्पन्सेसन दिन सक्षम छौँ ?’

उहाँले विकास आयोजनाका नाममा नागरिकलाई विस्थापन गर्न नहुने बताउनु भयो । भरतपुरमा सडकको चौडाई ३० मिटरबाट ५० मिटर बनाउने प्रश्ताव गरिएको उल्लेख गर्दै उहाँले त्यसले थप १० हजार व्यक्ति प्रभावित हुन सक्ने बताउनु भयो ।