३० श्रावण २०८३, शनिबार
,
Latest
बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज… मलेसियाको निर्माण क्षेत्रमा ८.८ प्रतिशतको वृद्धि, ४७.८ अर्ब रिंगिट बराबरको काम सम्पन्न होर्मुज जलसन्धिलाई अमेरिकी क्षेत्र घोषणा गर्ने ट्रम्पको अभिव्यक्ति बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण १५ जनामा औलो रोगको सङ्क्रमण पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै गुँला पर्व : धर्म, संस्कृति र पुस्तान्तरणको जीवन्त उत्सव-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै



अ+ अ-

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

भरतपुरस्थित सिएटी होटलमा दिउँसो १ः०० बजे बस्ने बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो  ।

बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो ।  रास्वपाले भोलिदेखि चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन आयोजना गर्दैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहनेछ ।

महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयनसँगै भावी राजनीतिक कार्यदिशा र सङ्गठन विस्तारसम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने गौतमले बताउनुभयो ।

चितवनमा हुन लागेको महाधिवेशनलाई रास्वपाले आफ्नो सङ्गठनात्मक विकास र संस्थागत सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिएको छ । रासस