काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३७ जना मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ।कात्तिक १३ गतेबाट लागू हुने गरी आयोगले ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।
मुख्य निर्वाचन अधिकृतको नियुक्तिको निर्णय न्याय परिषद् र निर्वाचन अधिकृतको नियुक्ति न्याय सेवा आयोगको परामर्शमा गरिएको निर्वाचन आयोगले जनाएको छ।
मंसिर १४ मा प्रतिनिधिसभा, प्रदेश तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।