५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ



अ+ अ-

जेनेभा। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ ।

डब्ल्यूएचओले भनेको छ, “सङ्गठनले अझै पनि उत्तरपूर्वी डीआरसीलाई घेर्ने बिग्रँदो अवस्थालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेको छ ।”

विश्व स्वास्थ्य सङ्गठनका अफ्रिका आपतकालिन प्रमुख मेरी रोजलिन बेलिजेयरले भन्नुभयो, “प्रकोप अझै पनि गम्भीर छ र यो तीव्र गतिमा फैलिइरहेको छ ।”

“मैले यस्तो अवस्था देखेको छु जुन हरेक दिन विकराल हुँदै गएको छ,” उहाँले जेनेभा भेला भएका पत्रकारहरूलाई जानकारी दिँदै डिआरसीको इतुरी प्रान्तको राजधानी बुनियाबाट भन्नुभयो ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण फैलिएको हल्लाका बावजुत पनि केही समयसम्म सङ्क्रमण पत्ता लागेको थिएन तर मे १५ मा इबोला सङ्क्रमणको प्रकोपको घोषणा गरिएको थियो ।

यो भाइरसको सङ्क्रमण दुर्लभ ‘बुन्डिबुग्यो स्ट्रेन’को कारण हुन्छ, जसको उपचारको लागि कुनै खोप छैन ।

डब्ल्युएचओको पछिल्लो अपडेट अनुसार कङ्गोमा अहिलेसम्म ८९६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये २३२ जनामा सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ। शुक्रबारसम्मको पछिल्लो २४ घण्टामा थप २१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।

कङ्गोमा अस्पतालमा पुगेका ज्ञात सङ्क्रमितमध्ये ९० प्रतिशत भन्दा बढी द्वन्द्वग्रस्त प्रान्त इतुरीमा छन् ।

यो प्रकोप उत्तरी किभु र दक्षिण किभु प्रान्तहरूमा पनि फैलिएको छ ।

बेलिजेयरले भन्नुभयो, “महामारी निकै छिटो फैलिइरहेको छ डब्ल्युटिओले भाइरसलाई नियन्त्रणमा राख्न बेजोड पहलहरू गरिरहेको छ । यो भाइरस निकट सम्पर्क र सङ्क्रमित व्यक्तिको शरिरबाट निस्कने तरल पदार्थका माध्यमबाट सर्छ।”

इबोलाका बिरामीहरूका लागि उपलब्ध उपचार शैयाहरूको सङ्ख्या शून्यबाट ५०० भन्दा बढी पुगेको उहाँले बताउनुभयो ।

निगरानी टोलीहरूले अब लगभग ४०० सम्भावित सङ्क्रमित व्यक्तिको अवस्थाबारे अनुसन्धान गरिरहेका छन् । “आफूहरूले एक दिनमा दुई हजारभन्दा बढी परीक्षणहरू गर्न सक्षम छन्,” उहाँले भन्नुभयो ।

बेलिजाइरले भन्नुभयो, “सम्पर्कमा स्वास्थ्य संस्था तथा शिविरहरूमा दर्ता भएका ज्ञात इबोला सङ्क्रमितको सम्पर्क पत्ता लगाउने प्रयासहरू तीव्र भएका छन्, सबै सम्पर्कहरूको ७५ प्रतिशतमा टोली अहिले पुगिसकेको छ ।”

डब्लुएचओले ९५ प्रतिशत सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी सङ्क्रमण फैलिनुबाट रोक्नुपर्ने बताएको छ ।

छिमेकी देश युगान्डामा दुई जनाको मृत्यु भएको र १० जना निको भएका छन् ।

युगान्डामा विगत १२ दिनदेखि कुनै नयाँ सङ्क्रमित फेला परेका छैनन् ।  (रासस/एएफपी)