१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत

मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी

मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।

‘द हिमालयन मोटरसाइकल एक्सपेरियन्स (टिएचएमई)’द्वारा आज यहाँ आयोजित ‘नवौँ म्याङ्गो राइड–२०२६’को उद्घाटन गर्दै मन्त्री चौधरीले साहसिक पर्यटनमार्फत तराई क्षेत्रको पर्यटन सम्भावना उजागर गर्न, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले नेपालको प्राकृतिक, सांस्कृतिक तथा कृषि सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रभावकारी प्रचारप्रसारमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक रूपान्तरणमा युवा पुस्ताको सिर्जनशीलता, नवप्रवर्तन र सक्रियताको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

“कृषि तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि युवाको ऊर्जा र सहभागितालाई सही दिशामा परिचालन गर्न आवश्यक रहेको छ । यस्ता अभियानले स्थानीय उत्पादनको बजारीकरण तथा ग्रामीण अर्थतन्त्रको सबलीकरणमा समेत योगदान पुर्याउँछ”, मन्त्री चौधरीले भन्नुभयो, “म्याङ्गो राइड मोटरसाइकल यात्रामा सीमित नरही सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यमा आधारित अभियानका रूपमा विकसित भएको छ ।”

नयाँ पर्यटन गन्तव्यको पहिचान, सामाजिक सञ्जालमार्फत नेपालको प्रचारप्रसार तथा स्थानीय समुदायसँगको प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रमको सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो ।

सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले साहसिक पर्यटनसँगै परोपकारी र सामाजिक गतिविधिलाई समेत अघि बढाउँदै आएको आयोजकले जनाएको छ ।

मन्त्री चौधरीले यस्ता कार्यक्रमले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान अभिवृद्धि गर्न तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । रासस