१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना

चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना
अ अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्र मनोरञ्जनको माध्यम मात्र नभई समाजको सामूहिक स्मृति, सांस्कृतिक पहिचान र राष्ट्रिय आत्माको अभिव्यक्ति भएको बताउनुभएको छ ।

आज राष्ट्रपनि भवन शीतलनिवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह–२०८३’ कार्यक्रममा बोल्नुहुँदै उहाँले कुनै राष्ट्रलाई बुझ्न इतिहास अध्ययन मात्र पर्याप्त नहुने उल्लेख गर्दै त्यस देशका चलचित्र, संस्कृति र सामाजिक जीवनका विविध आयामलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“चलचित्रले सम्बन्धित राष्ट्रको आत्मालाई अभिव्यक्त गरिरहेको हुन्छ, समाजको मनोविज्ञानलाई उजागर गरिरहेको हुन्छ र भविष्यको एउटा सम्भावित कल्पना पनि गरिरहेको हुन्छ,” सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो ।

उहाँले कलाकारहरू समाजकै सदस्य भए पनि सामान्य मानिसभन्दा बढी संवेदनशील दृष्टि भएका व्यक्तित्व भएको उल्लेख गर्दै कला र सिर्जनाले विभाजित समाजलाई मानवीय सम्बन्ध, सहअस्तित्व र संवेदनाको पाठ सिकाउने बताउनुभयो ।

कलाकारलाई सम्मान गर्नु भनेको व्यक्तिलाई मात्र नभई समाजको सिर्जनशील चेतना र आफ्नै सांस्कृतिक अस्तित्वलाई सम्मान गर्नु भएको उहाँको भनाइ थियो । जीवनभर चलचित्र क्षेत्रमा योगदान पु‍र्याएका व्यक्तित्वलाई सम्मान गर्दा आफूहरूले कलाकारलाई नभई आफ्नै समाज र संस्कृतिलाई सम्मान गरेको अनुभूति भएको पनि उहाँले बताउनुभयो।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले कठिन परिस्थितिका बाबजुद नेपाली चलचित्र उद्योगले निरन्तर प्रगति गरिरहेको उल्लेख गर्दै पुराना पुस्ताका चलचित्रकर्मीको अथक परिश्रमकै कारण नेपाली चलचित्र आजको अवस्थामा आइपुगेको उहाँले स्मरण गर्नुभयो ।

उहाँले नेपाली चलचित्र क्षेत्रको अपेक्षाअनुसार समयसापेक्ष र व्यावहारिक चलचित्र ऐन ल्याउन सरकार प्रतिबद्ध रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । “नयाँ चलचित्र ऐन समयसापेक्ष, व्यावहारिक र चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने खालको हुनुपर्छ । चलचित्र क्षेत्रले अपेक्षा गरेअनुसारको ऐन निर्माण गर्न सरकार प्रतिबद्ध छ, र म आज पुनः यही प्रतिबद्धता दोहोर्याउन चाहन्छु,”उहाँले भन्नुभयो ।

चलचित्र क्षेत्रका समस्या, चुनौती र अपेक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुहुँदै सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्रकर्मीहरूसँग निरन्तर संवाद र छलफल गर्दै ती विषयहरूको समाधानका लागि आवश्यक कदम चाल्न सरकार तयार रहेको उल्लेख गर्नुभयो । “सरकारको काम सिर्जनशील क्षेत्रलाई निर्देशन दिने वा नियन्त्रण गर्ने होइन, बरु त्यसको विकास र प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्नु हो”, उहाँले भन्नुभयो, “त्यो वातावरण ऐनमार्फत, अन्य नीतिगत व्यवस्थामार्फत होस् वा सहजीकरणका विभिन्न संयन्त्रमार्फत होस, सरकार त्यसका लागि पूर्ण रूपमा तत्पर छ ।”

चलचित्र विकास बोर्डद्वारा प्रदान गरिँदै आएको दीर्घ साधना सम्मानबाट यसवर्ष अभिनेता मदनकृष्ण श्रेष्ठलाई सम्मानित गरिएको छ । त्यस्तै, उत्कृष्ट चलचित्रका रुपमा ऊनको स्वीटर, उत्कृष्ट निर्देशक नवीन चौहान, उत्कृष्ट अभिनेता नीर शाह, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट लेखक दीपकप्रसाद आचार्य र यम थापा तथा उत्कृष्ट आदिवासी चलचित्र इन्दिरा धिमे मैचा पुरस्कृत भएका छन् ।