१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी News Polar युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी News Polar भाद्र शुक्ल पूर्णिमाः इन्द्रदहमा बिहानैदेखि भक्तजनको घुइँचो News Polar स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति

राष्ट्रिय सभाको शुन्य समयः सुकुम्बासी समस्या, शान्ति सुरक्षा र बजेट विनियोजनप्रति सांसदहरूको आपत्ति
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकको शुन्य समयमा सांसदहरूले सुकुम्बासी व्यवस्थापन, बढ्दो महिला हिंसा, अव्यवस्थित बजेट विनियोजन र सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद गोमादेवी तिमल्सिनाले सुशासनको नारा दिने सरकारले गरिब र निमुखा सुकुम्बासीको घर भत्काएर उनीहरूलाई बिचल्ली बनाएको आरोप लगाउनु भयो । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूले आधारभुत आवश्यकता (खाना, पानी र औषधि) समेत नपाएको भन्दै उहाँले सरकारको जवाफ माग गर्नुभयो ।

सांसद मदनकुमारी साहले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित वैशाखदेखि सुकुम्बासी बस्ती हटाउने कार्य जारी रहेको भन्दै विरोध जनाउनु भयो । काठमाडौं उपत्यकामा हजारौँ परिवार विस्थापित भएको तथ्याङ्क प्रश्तुत गर्दै उहाँले छुटेका सुकुम्बासीहरूको तत्काल दर्ता प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले संविधानको धारा ३७, ३८ र ४० ले प्रत्याभूत गरेको आवास र दलितको हक हनन गरी सरकारले नागरिकलाई त्रसित बनाएको टिप्पणी गर्नुभयो । उहाँले व्यवसायीहरूलाई भुक्तानी दिनुको साटो धम्की दिने कार्य भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।

सांसद जयन्तीदेवी राईले अछामको ढकारीमा एक वडा सदस्यका आफन्तमाथि भएको चरित्र हत्या र कुटपिटको घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । उहाँले कैलाली र अन्य स्थानमा महिला हिंसाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । सांसद भूवनबहादुर सुनारले बर्दियामा अन्तरजातीय विवाहका कारण भएको अमानवीय व्यवहार र दलित समुदायमाथि हुने विभेदको प्रसङ्ग उठाउनु भयो । जनक परियारको पक्राउलाई लिएर प्रश्न गर्दै उहाँले प्रहरी प्रशासनले विभेदकारी नीति अपनाएको आरोप लगाउनु भयो ।

सांसद दुर्गा गुरुङले बजेट विनियोजन पहुँच र प्रभावका आधारमा भएको भन्दै आपत्ति जनाउनु भयो । स्थानीय तहका वास्तविक आवश्यकतालाई बेवास्ता गरी केन्द्रबाट योजना लाद्ने प्रवृत्तिले संघीयताको मर्ममा प्रहार गरेको उहाँको तर्क थियो ।

सांसद नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयमा अख्तियारका प्रमुख र कर्मचारीहरूलाई बोलाएर दुव्र्यवहार गरिएको तथा कुटनीतिक मर्यादा विपरीत कार्य भएको भन्दै सरकारले जंगली शासन चलाउन खोजेको आरोप लगाउनु भयो ।  यस्तै, सांसद युवराज शर्माले प्रधानमन्त्री र मन्त्रीहरूका विवादास्पद अभिव्यक्ति, नेपाल–भारत सीमा र वाणिज्य सम्बन्धका साथै पेट्रोल, डिजेल र विद्युतीय सवारी साधन आयातमा देखिएका समस्याबारे सरकारको स्पष्ट धारणा माग गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले कैलाली लगायतका जिल्लामा रहेका मुक्त कमैयाहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै उनीहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । रोजगारीको अभावमा युवाहरू जोखिमपूर्ण कामका लागि भारत पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद सुरेशकुमार आले मगरले सिंहदरबार प्रवेशमा सांसदहरूलाई समेत विभेद गरिएको बताउनु भयो । निजी सवारी साधनमा आउनेलाई सहज प्रवेश दिइने तर पैदल आउने सांसदहरूलाई सुरक्षाकर्मीले सास्ती दिने गरेको भन्दै उहाँले सुरक्षा नीतिलाई वैज्ञानिक र व्यवहारिक बनाउन माग गर्नुभयो । बैठकमा सांसदहरूले उठाएका यी विविध विषयमा सरकारको तर्फबाट सम्बन्धित निकायले सम्बोधन गर्नुपर्ने माग गरिएको छ ।