२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल



अ+ अ-

काठमाडाैँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल स्काउटलाई नयाँ पद्धति र प्रणालीअनुसार अगाडि बढाउन सरकारले नीतिगत तथा कानूनी पुनर्संरचनाको प्रक्रिया शुरु गरेको बताउनुभएको छ ।

नेपाल स्काउटको स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पोखरेलले स्काउटलाई केवल लाइन मिलाउने वा सामान्य स्वयंसेवकका रूपमा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै यसले विपद् व्यवस्थापन र सीमित स्रोतसाधनमा अधिकतम नतिजा निकाल्ने महत्वपूर्ण जीवनोपयोगी शिक्षा प्रदान गरिरहेको बताउनु भयो ।

विद्यार्थीमा बढ्दो मानसिक तनाव र स्वास्थ्य समस्या न्यूनीकरणमा स्काउटिङ अभियान प्रभावकारी हुने मन्त्री पोखरेलको धारणा थियो । नेपाल स्काउटको वर्तमान साङ्गठनिक संरचनालाई आधुनिक ढङ्गले रूपान्तरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ कार्यसमिति गठनका लागि सरकार सकारात्मक रहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार स्काउटको कानूनी र नीतिगत सुधारका लागि कानुन मन्त्रालयसँग समेत आवश्यक परामर्श र छलफल भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘जतिखेर जनशक्ति र स्वयंसेवकको खाँचो पर्छ, त्यहाँ स्काउटकै उपस्थिति रहने गरेको छ। विपद्को पूर्वतयारी र व्यवस्थापनमा स्काउटले दिने तालिम जीवनभरका लागि महत्वपूर्ण पाठ हो । आजका विद्यार्थीहरूमा सानो कुरामा पनि तनाव लिने र मानसिक समस्या देखिने क्रम बढेको छ । स्काउटले दिने शारीरिक व्यायाम र मानसिक प्रशिक्षणले विद्यार्थीहरूलाई अनुशासित, स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत पुर्‍याउँछ ।’

देशको नयाँ संघीय संरचना र आधुनिक आवश्यकतासँग मेल खाने गरी स्काउटलाई थप प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री पोखरेलले स्काउटले समाजमा पुर्‍याएको सकारात्मक योगदानको उच्च प्रशंसा समेत गर्नुभयो ।