२३ भाद्र २०८३, मंगलवार
,
Latest
पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ सम्म, वडा अधिवेशन असोज ३ र ४ मा जेनजी आन्दोलनलाई अपमान नगर्नुस्, अझै समय छ सुध्रिनुस् : गृहमन्त्री गुरुङ चीनबाट बाढी उद्धारका सामग्रीको चौथो खेप काठमाडौं आइपुग्यो पहिरोमा परि रोल्पाका छात्र पुनको मृत्यु ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल जेनजीको बलिदान सम्झिँदै गृहमन्त्री गुरुङ– ‘सुशासन गरेर विश्वास जित्छौँ’ जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली ‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

दश रुपैया दिनुहोस् फलफूलको बोट लिनुहोस्



अ+ अ-

चितवन । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो ।

गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, “इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम ल्याएका छौँ ।”

गाउँपालिकाले व्यावसायिक फलफूलखेती गर्नेका लागि दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ । ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।

गाउँपालिकामा सुन्तला, कागती, नासपाती, लागयतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिकखेती गर्ने किसानलाई रु एक लाख, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई रु ६० हजारसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा तीन दुहुना भैसी पाल्ने ८ जनालाई जनही रु एक लाख, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही रु एक लाख, बाख्राखोर सुधारका लागि २० जनालाई जनही रु २५ हजार, ब्याड बोकाका लागि २० जनालाई जनही रु ४० हजार र बङ्गुरपालक दुईजना किसानलाई जनही रु २५ हजार अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले किसानका लागि वडा नं– ४ कुरिनटारमा शीत भण्डार निर्माण गरिएको बताउनुभयो । साथै वडा नं– ३ फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिनुभयो ।

चितवनको दुर्गम भेगमा रहेको यस ईच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।