१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीको कोटहीमाईमा नदीजन्य पदार्थ ठेक्का विवाद, अख्तियारले थाल्यो छानबिन



अ+ अ-

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।

ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । नदीजन्य पदार्थको उत्खनन्, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो ।

स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए गाउँपालिकाले चालु आर्थिक वर्षमा तिनाउ र दानव नदीका चार स्थानमा नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का दिएको थियो । ठेक्का प्रक्रियामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतो रहेको आरोपसहित अख्तियारमा उजुरी परेको बताइएको छ ।

अनुसन्धानका क्रममा वडा नं. ५ स्थित बेनीघाट क्षेत्रमा उत्खननको अनुमति पाएको निर्माण कम्पनीले स्वीकृत स्थानभन्दा फरक क्षेत्रमा घाटगद्दी राखेको विषय पनि छानबिनको दायरामा परेको छ ।

स्थानीयवासीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी सम्पूर्ण प्रक्रियाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।