५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा बालबालिकालाई मोडर्ना खोप दिन सुरु



अ+ अ-

बैतडी । बैतडीमा मङ्गलबारदेखि १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ ।

सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सुरु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिनुभयो ।  

करिब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सुरु भएको अभियान पुस ११ गते सम्पन्न हुनेछ । मङ्गलबारदेखि  जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा खोप दिन थालिएको हो । यी तीन स्थानीय तहमा पुस ८ गतेसम्म  अभियान सञ्चालन हुनेछ ।  

दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा आज पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।  
    
बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२   बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द्र स्थापना गरेर खोप अभियान सञ्चालन भइरहेको हो ।  जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।  

मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बैतडीमा हालसम्म ७५ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन् । यस्तै  खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन् ।  सरकारले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ । रासस