३० श्रावण २०८३, शनिबार
,
Latest
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख ‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु चीनमा नेपाली जडिबुटीको संभावना र भविष्य वारे विमर्श जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा सबैका लागि बस्न योग्य देश बनाउनु नै सरकारको मूल नीति होः मुख्यसचिव कार्की बजेट कार्यान्वयन र आर्थिक सुधारका लागि नेपाल उद्योग परिसंघको जोडः ७० बुँदे ‘बजेट वाच’ दस्तावेज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति



अ+ अ-

काठमाडौँ।  नेकपा (एमाले)का सांसद गुरु बरालले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त नभई प्राध्यापक डा. कृष्ण गिरीलाई आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी गराएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बरालले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको र आयोगको ऐनअनुसार लोकसेवा आयोगका अध्यक्षसहितको सिफारिस समितिको सिफारिसमा आयोगको उपाध्यक्ष मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले आयोगको उपाध्यक्ष पदका लागि उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएको भन्दै र थप प्रक्रिया बाँकी नै रहेको भएपनि मंगलवार बसेको आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा सहभागी भएको दाबी गर्नुभयो । सांसद बरालले उक्त बैठकबाट छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गरिएको उल्लेख गर्दै नियुक्ति प्रक्रिया टुंगो नलाग्दै प्रतिस्पर्धी व्यक्तिलाई आयोगको निर्णय प्रक्रियामा सहभागी गराइनु कानूनसम्मत नभएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा अहिले उपाध्यक्ष पद खाली छ । आयोगको ऐन २०७५ ले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा नेपाल सरकारको मुख्यसचिव र नेपाल सरकारले तोकेको महिला चिकित्सा क्षेत्रको विज्ञ ३ जनाको नाम सिफारिस गर्ने अधिकार दिएको छ । अहिले उपाध्यक्ष पदको लागि १० जनाले आवेदन दिनुभएको छ । त्यसको ७औँ दर्ता नम्बरमा रहेको प्राध्यापक डा. कृष्ण गिरी हिजो प्रधानमन्त्रीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकमा उपाध्यक्षको हैसियतले सहभागि हुनुभयो । बैठकबाट छात्रवृत्तिसम्बन्धी कार्यविधि पारित गर्नुभएको छ यसले गम्भीर प्रश्न उठाएको छ । जो मान्छे अहिले उपाध्यक्षमा प्रतिस्पर्धी छ त्यही मान्छे आयोगको बैठकमा सहभागि भएको छ । अहिले नियुक्त नभईकन कृष्ण गिरीले आयोगको उपाध्यक्षको पद सम्हालिसक्नुभएको छ । त्यसो हो भने अरु ९ जना प्रतिस्पर्धीको हैसियत के भयो ? सरकारले यस्तो प्रपञ्च किन रच्यो ? यो कानूनसम्मत र विधिसम्मत देखिदैन ।’

उहाँले अन्य नौ जना प्रतिष्पर्धीमाथि समेत यस घटनाले अन्याय भएको जिकिर सरकारले यस विषयमा स्पष्टछ पार्नुपर्ने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल