१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरालाई तेस्रोपटक म्याद थपका लागि अदालत लगिदै



अ+ अ-

काठमाडौँ । तेस्रोपटक म्याद थपका लागि बुधबार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालत लगिँदैछ । प्रहरीले अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान थालेको हो ।

गत आइतबार जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । असोज २८ गते अदालतले महरालाई ३ दिन म्याद थप गरेको थियो । त्यसअघि दसैँ बिदामा अदालत बन्द रहेकोले प्रहरीले १० दिनसम्म महरालाई म्याद थपका लागि अदालत उपस्थित गराएको थिएन ।

फौजदारी मुद्दामा हिरासतमा लिएको २५ दिनभित्र अनुसन्धान सकेर अदालतमा अभियोगपत्र दायर गर्नुपर्छ । तर हालसम्म प्रहरीले यो मुद्दाबारे राय सुझावसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको छैन । किटानी जाहेरी परेपछि महरा गत असोज १९ गते साँझ सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए । महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले आरोप लगाएकी हुन्। महराले आफूमाथि असोज १२ गते प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले असोज १८ गते किटानी जाहेरी दिएकी थिइन् ।

त्यसपछि महरालाई प्रहरीले असोज १९ गते बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।