१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण
अ अ+ अ-

काठमाडाैँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो ।

विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भन्नुभयो । यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रा डा सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधि चार जनाले उतिर्ण गरेका छन् ।

तीन वटै सङ्कायको स्नातकमा चार हजार ४०८ जना, स्नातकोत्तरमा १४२६ जना र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांशजसो स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा सोही विश्वविद्यालयका विद्यार्थी उत्तीर्ण भएका हुन् भने केही बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन् ।