१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रुलिङको माग गर्दै विपक्षीको लगातार दबाब, सभामुखको भूमिकामाथि प्रश्न

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रुलिङको माग गर्दै विपक्षीको लगातार दबाब, सभामुखको भूमिकामाथि प्रश्न
अ अ+ अ-

काठमाडौँ । सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको भनाइलाई लिएर संसदमा विवाद चर्किएको छ। विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालले उक्त अभिव्यक्तिबारे आवश्यक रुलिङ नगरेको भन्दै निरन्तर दबाब दिइरहेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभाको एक बैठकमा जवाफ दिने क्रममा नेपाल–भारत सीमाबारे टिप्पणी गर्दै भारतले मात्र नभई नेपालले पनि भारततर्फ विभिन्न स्थानमा जग्गा अतिक्रमण गरेको बताएका थिए। उक्त भनाइलाई लिएर विभिन्न दलहरूले आपत्ति जनाउँदै आएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले आ–आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्ने समय दिएका थिए।

साम्पाङले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्टिकरण र सच्याउनुपर्ने आवश्यकता दोहोर्‍याउँदै सभामुखबाट रुलिङ हुनुपर्ने माग राखे।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि सभामुखलाई तत्काल रुलिङ गर्न आग्रह गरे।

यसैबीच नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै उहाँले पूर्व राजनीतिक सम्बन्धका कारण निष्पक्ष निर्णय गर्न नसकेको आशंका व्यक्त गरे। उनले सभामुखले अघिल्लो राजनीतिक दलसँगको सम्बन्ध पूर्ण रूपमा तोड्न नसकेको टिप्पणी पनि गरे।

विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सभामुखले सदनको गरिमा कायम राख्ने गरी स्पष्ट रुलिङ गर्नुपर्ने माग दोहोर्‍याइरहेका छन्।