२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण



अ+ अ-

कर्णाली। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आइपुग्नुभएका मन्त्री पोखरेलले निकट भविष्यमा कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र रङ्गशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको हो ।

उहाँले प्रतियोगताका लागि आउटडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दसँग जानकारी लिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु ८० करोड बजेट छुट्याएको छ ।

अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।” फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आर्ट्स, स्विमिङलगायत निर्मित र निर्माणाधीन संरचनाहरूको निरीक्षण गर्दै उहाँले कर्णाली परिषद् सदस्यसचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाउनुभयो ।

सदस्यसचिव चन्दले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले रु नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप रु नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरेको जनाउनुभयो ।

उहाँले प्रतियोगिता सम्पन्न गर्ने गरी रङ्गशालाको बाँकी काम पूरा गर्न तीव्र रूपमा लाग्ने बताउनुभयो । रासस