३० श्रावण २०८३, शनिबार
,
Latest
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद भट्टराईले कारको झ्यालबाट शरीर निकालेकाे भिडियो भाइरल, असुरक्षित यात्रा गरेको भन्दै कारबाहीको माग



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सृष्टि भट्टराईले सवारीसाधनभित्र असुरक्षित ढङ्गले यात्रा गरेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना सुरु भएको छ।

फेसबुकमा भाइरल बनेको उक्त भिडियोमा भट्टराई कारको अगाडिको सिटमा बसेको अवस्थामा शरीरको केही भाग झ्यालबाहिर निकालिएको देखिन्छ। यसरी लापरबाहीपूर्वक यात्रा गरेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र प्रतिक्रिया जनाएका छन्।

प्रयोगकर्ताहरूले यस्तो व्यवहारले सडक सुरक्षा जोखिममा पार्ने भन्दै कानुनी कारबाहीको मागसमेत गरेका छन्। उनीहरूले यसअघि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हर्क साम्पाङलाई सवारी नियम उल्लङ्घनका आधारमा जरिवाना गरेको उदाहरण उल्लेख गर्दै समान व्यवहारमा समान कारबाही हुनुपर्ने धारणा राखेका छन्।

यता, ट्राफिक प्रहरीले निरन्तर सचेतना कार्यक्रममार्फत सवारी साधनमा असुरक्षित यात्रा नगर्न आग्रह गर्दै आएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यस्तो लापरबाहीपूर्ण यात्रामा जरिवाना तथा कारबाहीको व्यवस्था रहेको छ।