१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा तथा नेकपाका महासचिव विष्णु पौडेलले बिदाइ गर्नुभएको थियो ।

k|d cf]nL ch/a}hfg k|:yfg sf7df8f}F, & sflQs -/f;;_M k|wfgdGqL s]kL zdf{ cf]nL laxLaf/ ch/a}hfgsf] /fhwfgL afs’df cfof]hgf x’g] c;+nUg cfGbf]ng -gfd_ sf] !* cf}F lzv/ ;Dd]ngdf efu lng hfg] qmddf lqe’jg cGt//fli6«o ljdfg:yndf . tl:a/M /f]zg ;fksf]6f

सो अवसरमा मन्त्रीहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधिलगायत विशिष्ट व्यक्ति उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यही कात्तिक ८ र ९ गते हुन गइरहेको उक्त सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी रहनु भएको छ ।

असंलग्न आन्दोलनको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।