२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्यूटावर प्रयोगमा आएपछि पर्यटक बढे



अ+ अ-

गाईघाट । चौदण्डी नगरपालिकाको पहाडी क्षेत्रमास्थित ऐतिहासिक चौदण्डीगढीमा भ्यूटावर निर्माण भएपछि दैनिक पर्यटकको वृद्धि भएको छ ।अहिले दैनिक भ्यूटावर चढ्न र मनोरम दृश्यवलोकनका लागि दैनिक दुईसयभन्दा बढी पर्यटक आउने गरेको चौदण्डी पर्यटन विकास समितिका संयोजक रोहित तामाङ बताउनुहुन्छ ।

उहाँकानुसार उदयपुर जिल्ला बाहेक सुनसरी, झापा, मोरङ, सिरहा, सप्तरी, धनुषा, काठमाडौँ चितवन तथा भारतको बिहार र गाईघाट । सिलीगुढी पश्चिम बङ्गालबाटसमेत पर्यटक आउने गरेका छन् ।पर्यटकको सङ्ख्या वृद्धि हुन थालेपछि त्यहाँको आन्तरिक पर्यटनको विकासमा निकै मद्दत पुगेको नगरप्रमुख खगेन्द्र राई बताउनुहुन्छ ।

उहाँकानुसार पूर्वकै ऐतिहासिक र महत्वपूर्ण पर्यटनस्थलको रुपमा रहेको चौदण्डीगढीको पर्यटन विकास गर्न नेपाल सरकार शहरी विकास मन्त्रालय, पर्यटन विभागसहित स्थानीय नगरपालिका र सबैको सहयोगले अहिले सडक तथा भ्यूटावर निर्माण भएकाले पर्यटकको बृद्धि भएकोे हो । विसं २०७२ मा नेपाल सरकार शहरी विकास मन्त्रालयसहित पर्यटन बोर्ड र स्थानीय सरकारसहितबाट सहयोगस्वरूप प्राप्त रू ५५ लाख ८८ हजार र १३ लाख १७ हजार बराबरको स्थानीय जनश्रमदान गरेर कूल रु ६९ लाख ८५ हजारको लागतमा समुद्री सतहबाट एक हजार ८५० मिटरको उचाईको उक्त डाँडामा ४४ फिट उचाई र अठार मिटर गोलाइको भ्यूटावर निर्माण भएको नगरप्रमुख राईको भनाइ छ ।

उक्त भ्यूटावरबाट अहिले उत्तरी क्षेत्रको सातवटा हिमशृङ्खला सगरमाथा, आमादोल्मा, लोत्से, कोयु, मकालु, कञ्चनजङ्घा र अरुणबरुण क्षेत्रका हिमशृङ्खला प्रत्यक्ष अवलोकन गर्न सकिने संयोजक तामाङ बताउनुहुन्छ ।यस्तै उत्तरी पहाडी जिल्लाहरु खोटाङ, भोजपुर, धनकुटा, सुङ्खुवासभा, र तराईका जिल्ला सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापासहित भारतको बिहार, पश्चिम बङ्गालको सिलीगुडीसम्म बाइनाकुलरबाट अवलोकन गर्न सकिने उहाँको भनाइ छ । पर्यटकको वृद्धि भएका कारण आफूहरुको व्यापार व्यवसाय पनि निकै फष्टाउन थालेको स्थानीय होटल व्यवसायी कला राई उल्लेख गर्नुहुन्छ ।

चौदण्डीगढीले पर्यटन विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेपनि अझै पनि खानेपानीको उचित व्यवस्थापन गर्न बाँकी रहेकाले सुनकोशी नदीबाट उक्त डाँडामा पानी लिफ्टिङ गरेर लाने तयारी भइरहेको र विद्युत्को विस्तार गर्ने कार्य शुरु भइरहेकामा दुई वर्षसम्ममा सबै पूर्वाधार तयार पारिने नगरप्रमुख राई बताउनुहुन्छ ।