१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ विश्व रेन्जर सम्मेलन चितवनमा



अ+ अ-

चितवन । नवौँ विश्व रेन्जर सम्मेलन यही कात्तिक २६ गतेदेखि पाँच दिनसम्म सौराहामा हुने भएको छ । एशियामा नै पहिलोपटक नेपालमा सम्मेलन हुन लागेको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ ।

यसअघिको आठौँ सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सरकारले नवौँ सम्मेलन सम्पन्न गर्न वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्य एवं वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाका अनुसार सम्मेलनमा ७० भन्दा बढी देशबाट करीब ५०० विदेशी सहभागी हुँदैछन् भने नेपालका १०० हाराहारीले सहभागिता जनाउने छन् ।

वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा काम गर्ने विज्ञहरु सम्मेलनमा सहभागी हुँदै छन् । थपलियाका अनुसार सम्मेलनमा वन, वन्यजन्तु र वातावरणका क्षेत्रमा भएका उपलब्धि र चुनौतीहरुका विषयको आदानप्रदान हुनेछ ।

नेपालले वन्यजन्तु संरक्षणमा प्राप्त गरेको उपलब्धिलाई सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । मुख्य रुपमा शून्य चोरी शिकारमा समुदायको सहभागिताका बारेमा नेपालले आफ्नो प्रस्तुतीकरणमा समावेश गर्ने जनाइएको छ ।

सम्मेलनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । थपलियाका अनुसार सहभागीहरुको प्रवेषाज्ञा, आवास, कार्यपत्रलगायतको तयारीको काम भइरहेको छ ।