१५ आश्विन २०८१, मंगलवार
,
Latest
नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ? सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली शुरु



अ+ अ-

झापा । जिल्ला प्रशासन कार्यालय झापाले टोकन प्रणालीबाट सेवाग्राहीलाई आजबाट सेवा प्रदान गर्न थालेको छ । जिल्ला प्रशासनबाट नागरिकलाई दिइने सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा नागरिक सहायता कक्षको स्थापना गरी टोकनबाट सेवा प्रदान गर्न शुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले स्थानीय प्रशासन लेखिएको बटम क्लिक गरी टोकन लिएर सेवाको उद्घाटन गर्नुभएको थियो । नगरपालिकाले नगद रु तीन लाखमा खरीद गरेर सो मेसिन जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले नागरिकले जिल्ला प्रशासनमा आएर अलमलमा पर्ने अवस्थाको अन्त्य गर्दै सरल र सहज रुपमा पालैपालो सेवाग्राहीले चाहे अनुसारको फाँटबाट सेवा प्रदान गर्न टोकल प्रणालीको शुरुवात गरेको बताउनुभयो ।

प्रजिअ रानाले नागरिकको सेवा पाउने अधिकारमा बिचौलियाको हाबी बढ्दो रहेकाले अब यस प्रणालीले त्यसको अन्त्य हुने बताउनुभयो । जिल्ला प्रशासनको ढोकामै स्थापना गरिएको नागरिक सहायता कक्षमा पिउने पानीको व्यवस्था समेत गरिएको छ ।

आज टोकन प्रणालीबाट कचनकवल गाउँपालिकाका–७ की कञ्चन सिटौलाले पहिलो सेवा लिनुभएको छ । उहाँ नयाँ नागरिकता बनाउन बुबा डिल्लीप्रसाद खरेलसँग आउनुभएको थियो । उहाँलाई कार्यक्रमका नगरप्रमुख आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले खाँदा र अबिरले स्वागत गर्नुभएको थियो ।

पालो पर्खंदा सेवाग्राहीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासनले टेलिभिजन र फ्रि वाइफाइकोसमेत व्यवस्था गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो । उहाँले कार्यालयले गरेका गतिविधिलाई त्रैमासिक रुपमा इ–प्रशासन बुलेटिन निकालेर जानकारी दिन थालिएकोे कार्यक्रममा बताउनुभयो ।