१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल गीताञ्जली स्कुलका ३० जना विद्यार्थीलाई एनसीसी जुनियर डिभिजन तालिम



अ+ अ-

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा अवस्थित बाल गीताञ्जली माध्यमिक विद्यालयका ३० जना विद्यार्थीलाई राष्ट्रिय सेवा दल (एनसीसी) अन्तर्गत जुनियर डिभिजन तालिम प्रदान गरिएको छ। नेपाल सेनाअन्तर्गतको राष्ट्रिय सेवा दलले सञ्चालन गर्ने उक्त तालिम एक सय दिनसम्म चल्नेछ।

तालिममा १५ जना छात्रा र १५ जना छात्र सहभागी रहेका छन्। तालिमको ७९ दिनको कार्यक्रम बाल गीताञ्जली स्कुलमै सञ्चालन गरिनेछ भने बाँकी २१ दिनको आवासीय तालिम बर्दीबासमा सम्पन्न गरिने जनाइएको छ।

प्युठ अमित कुमार दास र प्युठ मुकेश यादवको नेतृत्वमा सञ्चालन हुने उक्त तालिम एक सय दिनसम्म निरन्तर चल्नेछ।

स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेले राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिमले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले यो तालिम केवल सैनिक प्रशिक्षणमा सीमित नभई विद्यार्थीहरूलाई समाज र राष्ट्रप्रति जिम्मेवार, सचेत तथा सक्षम नागरिक बनाउन प्रभावकारी माध्यमका रूपमा रहेको बताए।

विद्यालयका अनुसार यस प्रकारका तालिमले अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास तथा राष्ट्रसेवाको भावना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।