२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

महरा थप ७ दिन प्रहरीको हिरासतमै रहने



अ+ अ-

काठमाडौं । प्रहरीले पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि अदालतबाट थप सात दिनको समय पाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न थप समय दिएको हो।

संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महरा १८ दिनदेखि प्रहरी थुनामा छन्। पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ।

महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो।

अदालतले असोज २८ गते उनलाई थप ३ दिन र कार्तिक ३ गते थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो।