१४ भाद्र २०८३, आईतवार
,
Latest
गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा



अ+ अ-

दाङ। दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ ।

संस्थागत प्रसूतिसम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि आइतबार पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले पालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो । त्यस अवसरमा उहाँले प्रसूति सेवालाई गुणस्तरयुक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

निर्धारित प्रोटोकलअनुसार चारपटक गर्भवती जाँच गराउने दर ९९.६ प्रतिशत, तीनपटक उत्तरप्रसूति जाँच गराउने दर ९९.३ प्रतिशत, दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर शतप्रतिशत तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।

राप्ती गाउँपालिकाले विगतका वर्षदेखि क्रमशः विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो । सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो । रासस