३० श्रावण २०८३, शनिबार
,
Latest
ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।

आईतवार पार्टीको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सानेपामा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो चेतावनी दिनुभएको हो । उहाँले पार्टीका सांसदहरुलाई ‘कानूनको शासन’ र ‘कानूनद्वारा शासन’बीचको भेद छुट्याई सोहीअनुसार प्रश्तुत हुन निर्देशन दिनुभयो ।

उहाँले सरकारले मुलुकको आर्थि रुपान्तरणका लागि प्रभावकारी काम गरे काँग्रेसको सहयोग रहने तर संविधान र कानून कार्यान्वयको सवालमा कुनै सम्झौता गर्न नसकिने बताउनुभयो ।

उहाँले वि.सं. २०४८ सालजस्तै अनुकूल राजनीतिक वातावरण र वि.सं. २०१५ सालजस्तै जनसमर्थन प्राप्त भएको अवस्थामा सरकारले मुलुकको बृहत्तर हित हुनेगरी परिणाम निकाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानून निर्माण र मुलुक सञ्चालनको क्रममा सबैलाई सहभागि गराउनुपर्ने उल्लेख गर्दै सरकारले आफू संविधानभित्रै रहेर बनेको कुरामा हेक्का राख्नुपर्ने तर्क गर्नुभयो । उहाँले सरकारले संवैधानिक मर्यादा र विधिको शासनलाई बेवास्ता गरे नेपाली कांग्रेस नाफा–घाटाको हिसाब नगरी त्यसविरुद्ध उभिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘वि.स. २०४८ सालको जस्तो अनुकुलता भएको र वि.स. २०१५ सालको जस्तो जनसमर्थन प्राप्त गरेको सन्दर्भमा अर्थमन्त्रीज्यूले भनेको जस्तो मुलुकमा आर्थिक रुपान्तरण होस् भन्ने हाम्रो अपेक्षा छ । सरकार यो विषयमा ठिक ढंगले काम गर्दा हाम्रो समर्थन पनि रहन्छ । तर एउटा कुरा चाँही मैले यो सरकारलाई सम्झाउनुपर्छ ‘ड्यू प्रोसेस अफ ल’, ‘रुल अफ ल’ र रुल बाइ ल’ यो ती वटा कुरा हाम्रो साथिहरुले पनि याद गर्नुहोला । र यो कुरा हामीले सरकारलाई पनि याद दिलाउनुपर्नेछ । किनभनेको सरकार अहिले आउने र पाँच वर्षसम्म रहने मात्रै होइन । संसदीय प्रक्रियामा त सरकार जहिल्यै बहुमतमा हुन्छ । सरकारले मजाले संसदको बहुमतबाट कानून बनाउनसक्छ । त्यो कानून बनाउँदै गर्दाखेरी कानूनसम्मत भएको छ कि छैन । अर्को कुरा, विधिको शासन हो कि विधिले शासन हो ? कानूनलाई आफ्नो फाइदाका निम्ति र हतियारको रुपमा प्रयोग गर्ने हुनु हुँदैन । म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, संविधानभन्दा माथि छैन, कानून बनाउने प्रक्रियामा सबैलाई सहभागि गराउनु्पर्छ, सर्वोत्तम हितका निमित्त कानूनको प्रयोग गर्ने हो भन्ने कुरामा सरकारले हेक्का राख्नैपर्छ । जहाँ हेक्का राख्दैन त्यहाँ नेपाली काँग्रेस उभिएर बोल्नुपर्छ । यसमा नाफा घाटा हेर्ने कुरा छैन । हामी अनावश्यक रुपमा बखेडा पनि नझिकौँ जुन झिकेका छैनौँ ।’

उहाँले सरकारले ल्याएको अगामी आर्थिक वर्षको बजेटले मध्यम र न्यून आय भएका वर्गलाई कुनैपनि किसिमको राहत दिन नसकेको स्पष्ट पार्नुभयो । आयकरको सीमा हटाएर बाहिरबाट मध्यम आय भएका नागरिकलाई राहत दिएजस्तो गरेपछि पछाडिबाट करको भार बढाएको उहाँको टिप्पणी छ । –न्युज एजेन्सी नेपाल