१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’

कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’
अ अ+ अ-

काठमाडाैँ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन अन्तर्गतको गाईमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पो भीरबाट खसालेको भन्ने विषय सामाजिक सञ्जालमा फैलिएकोप्रति डिभिजन वन कार्यालय कैलालीले ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले उक्त घटनाबारे यथार्थ जानकारी सार्वजनिक गर्दै सामाजिक सञ्जालमा प्रचार भएजस्तो घटना नभएको स्पष्ट पारेको छ।

कार्यालयका अनुसार उक्त क्षेत्र नेपालकै अत्यन्त संवेदनशील चुरे क्षेत्रभित्र पर्ने सार्वजनिक वन क्षेत्र हो, जहाँ लामो समयदेखि गैरकानुनी रूपमा वन जमिन कब्जा गर्ने, भागबण्डा गरी बेचबिखन गर्ने तथा खोका–छाप्रा निर्माण गरेर अतिक्रमण गर्ने गतिविधि हुँदै आएको थियो। वन प्रशासनले यस्ता गतिविधि नियन्त्रणका लागि समय–समयमा अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

प्रेस विज्ञप्तिअनुसार करिब पाँच महिनाअघि पुनः अवैध रूपमा निर्माण गरिएका खोका–छाप्राहरू हटाउन निर्देशन दिइएको थियो। सो क्रममा अधिकांश संरचना हटाइए पनि घनश्याम धामीले प्रयोग गर्दै आएको टेम्पोको ढाँचा भने हटाइएको थिएन। कार्यालयले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो उक्त टेम्पो चलायमान सवारीसाधन नभई चक्का र इन्जिन बिग्रिएको तथा धकेल्न समेत कठिन हुने कवाडी अवस्थामा रहेको फलामे संरचना मात्र भएको दाबी गरेको छ। वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न सो टेम्पोलाई खोका (टहरा) का रूपमा प्रयोग गरिएको कार्यालयको भनाइ छ।

वन कार्यालयका अनुसार यसअघि पनि उक्त संरचना हटाउन निर्देशन दिँदा अन्य छाप्राहरू हटाइए तापनि सम्बन्धित व्यक्तिले अटेर गरेपछि वन कर्मचारीहरूले टेम्पोलाई धकेलेर घरसम्म पुर्‍याइदिएका थिए। तर, पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको थियो। पछिल्लो पटक अतिक्रमण हटाउने अभियानका क्रममा पनि संरचना हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले असहयोग गरेको कार्यालयले जनाएको छ।

 जेठ २९ गते अतिक्रमण हटाउने क्रममा वन टोलीले गुडाउन नमिल्ने उक्त टेम्पोलाई बल प्रयोग गरेर पन्छाउन खोज्दा भिरालो भू–भाग र असन्तुलनका कारण दुर्घटनावश भीरबाट खस्न पुगेको कार्यालयले स्पष्ट पारेको छ।

डिभिजन वन कार्यालय कैलालीले वन संरक्षणका लागि कानुनबमोजिम गरिएको कार्यलाई अतिरञ्जित तथा भ्रामक ढङ्गले प्रचारप्रसार नगर्न र सत्यतथ्य बुझेर मात्र धारणा बनाउन आम नागरिकसँग आग्रह गरेको छ।