१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रमण वर्ष सफल बनाउन समिति



अ+ अ-

नवलपरासी । नेपाल सरकारले मनाउन लागेको भ्रमण वर्ष २०२० सफल बनाउन पश्चिम नवलपरासीमा जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ । भ्रमण वर्षलाई जिल्लामा प्रभावकारी बनाउँदै सफल बनाउन शुक्रबार परासीमा सरोकार निकायका प्रतिनिधिको बैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर रायको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिले भ्रमण वर्षलाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको सूची बनाई प्रवद्र्धन गर्ने, स्थानीयस्तरमा उपसमिति गठन गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न सक्रियताका साथ काम गर्ने निर्णय गरेको छ ।

समितिमा पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न निकायबाट प्रतिनिधित्व गराइएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य राजेश यादव, होटल व्यवसायीबाट होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रमेश पाण्डे र नवराज अधिकारी, उद्योगी व्यवसायीबाट उद्योग वाणिज्य सङ्घ नवलपरासीका महासचिव गिरीराज पाण्डेय र सचिव तारा आचार्य, ट्राभल एण्ड टूर व्यवसायीबाट पाल्ही मध्यनेपाल यातायात प्रालिका अध्यक्ष ऋषिराम पौडेल, पत्रकार महासङ्घबाट जिल्ला अध्यक्ष हरि शर्मा रहनुभएको छ ।

यसैगरी पर्यटन क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिमध्येबाट राससकर्मी मोहन पौडेल, पर्यटन पत्रकार विष्णु खनाल, बेचु गौड, नागरिक समाजका अध्यक्ष कैलाश ठाकुर, सामुदायिक रेडियो परासीका अध्यक्ष सुमनगोपाल आचार्य, समाजसेवीहरुको तर्फबाट श्याम बुचामगर, रिङ्कुकुमार गुप्ता, सूर्यबहादुर आलेमगर, सन्तोष यादव, भोजकुमारी चौधरी, पुरमाया मगर, गायत्री आचार्य तथा सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद गौतम रहनुभएको छ ।

जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिका प्रमुख रायले नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै आफ्नो लाग्न आग्रह गर्नुभयो । आगामी दिनमा कार्ययोजना नै बनाएर जिल्लामा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।