काठमाडौं । नेपाली कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको तिहार जेलमै हुने भएको छ । इँटाभट्टामा पोलेर मान्छे मा’रेको आ’रोप लागेका आलमलाई जिल्ला अदालत रौतहटले थप ८ दिन थुनामा राख्न अनुमति दिएको छ।
न्यायाधीश केशव पाण्डेको इजलासले अनुसन्धानका लागि तेस्रोपटक ८ दिनको म्याद थप गरेको हो। यसअघि सुरुमा ७ दिन र त्यसपछि ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको थियो।

संविधानसभाको पहिलो निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको ब’म पड्किँदा घा’इते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मा’रेको आ’रोप उनीमाथि लागेको छ। अनुसन्धान लम्बिँदै गएपछि आलमविरुद्ध तेस्रोपटक म्याद थप गरी अनुसन्धान गर्न लागिएको हो।
विहिबार निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सात दिन म्याद थप गरेको थियो।









