रौतहट । प्रहरी हिरासतमा रहेका सांसद मोहम्मद आफताब आलमको घटनाको निष्पक्ष छानबिनको माग गर्दै नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ । शुक्रबार नेपाली कांग्रेसले रौतहटले मौन जुलुस निकालेको हो ।
वम वि’स्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला कांग्रेसले जुलस निकालेको हो । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

संविधानसभाको पहिलो निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको ब’म पड्किँदा घा’इते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मा’रेको आ’रोप उनीमाथि लागेको छ।









