३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिककेन्द्रित सेवाप्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले बोली, बचन र व्यवहारमा सुधार गरी अनुशासित एवं कर्तव्यनिष्ट भई उच्च व्यावसायिकता प्रदर्शन गर्दै आफूलाई प्राप्त जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ ।

हालै सरूवा भई आआफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नुभएका प्रहरी निरीक्षकहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनका क्रममा उपलब्धिपूर्ण एवं उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै उहाँले सो निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले आआफ्नो क्षेत्रमा देखापर्न सक्ने सुरक्षा चुनौतीको विश्लेषण गरी सोहीअनुरूप सुरक्षा योजना अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै नेपालको संविधान, ऐन, कानुनले निर्दिष्ट गरेको जिम्मेवारी पूर्ण निष्ठावान रही वहन गर्न निर्देशन दिनुभयो ।

उहाँले सूचना सङ्कलनलाई प्रमुख प्राथमिकतामा राखी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न जनशक्तिको प्रभावकारी व्यवस्थापन एवं परिचालन गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक कार्कीले व्यक्तिगत स्वार्थभन्दा साङ्गठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर सङ्गठनको नीति निर्देशनको प्रभावकारी कार्यान्वयन गर्दै सङ्गठनको साख वृद्धि हुनेगरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

सम्पूर्ण प्रहरी कर्मचारीहरूले पारदर्शी, काननुनसम्मत र विभेदरहित ढङ्गले आआफ्नो जिम्मेवारी वहन गर्दै नागरिकको अपेक्षाअनुरूप सेवा प्रवाहमा कटिबद्ध हुनसमेत उहाँले निर्देशन दिनुभयो ।

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारी, कार्य विभागका प्रहरी नायब महानिरीक्षक अरूण पौडेल र अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले समेत सरुवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई आगामी कार्यदिशा एवं समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । रासस