१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिहारको पूर्वसन्ध्यामा सुनको मूल्य बढ्यो, कतिमा कारोबार भो आज ?



अ+ अ-

काठमाडौं । तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । पछिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला रु ६०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु ७१ हजार पुगेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७० हजार ४०० मा कारोवार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य पनि रु ६०० ले नै वृद्धि भई प्रतितोला रु ७० हजार ७०० पुगेको छ । बिहीबार तेजाबी सुन रु ७० हजार ७०० मा खरीद बिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य रु १० ले वृद्धि भई प्रतितोला रु ८६० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।