११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल



अ+ अ-
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच शुक्रबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–चीनबीच कृषि, पशुपन्छी, मत्स्य, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ। कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्द्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका विषयमा दुई पक्षबीच विचार आदानप्रदान भएको थियो।

मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनियाँ बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि चीन सरकारको सहयोग अपेक्षा गर्नुभएको छ। उहाँले ताप्लेजुङ सीमावर्ती क्षेत्रमा याक तथा चौँरीको आवागमनसँग सम्बन्धित समस्याको समाधानका लागि पनि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

भेटका क्रममा राजदूत माओमिङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि, वन, जलवायु परिवर्तन अनुकूलन, प्रविधि हस्तान्तरण, लगानी प्रवर्द्धन तथा मानव स्रोत विकासका क्षेत्रमा सहकार्य थप विस्तार गर्न चीन तयार रहेको धारणा राख्नुभयो।

दुवै पक्षले कृषि तथा वातावरणीय क्षेत्रमा व्यावहारिक सहकार्य बढाउँदै द्विपक्षीय सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा सहमति जनाएको मन्त्रालयले जनाएको छ।