१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल कन्ज्युमर एक्स्पो आजदेखि भृकुटीमण्डपमा, ३५ हजारभन्दा बढी आगन्तुक भित्रिने अपेक्षा



अ+ अ-

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘ग्लोबल कन्ज्युमर एक्स्पो २०२६’ आजदेखि सुरु भएको छ। जुन १२ देखि १६ सम्म सञ्चालन हुने पाँचदिने एक्स्पोको दोस्रो संस्करणमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्ड, नवप्रवर्तनशील उद्यम र उपभोक्तालाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

इभेन्ट सोलुसन प्रा. लि.द्वारा आयोजित एक्स्पो “सपिङको नयाँ ठेगाना” भन्ने नारासहित सञ्चालन भइरहेको छ। आयोजकका अनुसार मेलाको मुख्य उद्देश्य व्यवसाय-देखि-व्यवसाय  नेटवर्किङ तथा व्यवसाय-देखि-उपभोक्ता अन्तरक्रियाका लागि प्रभावकारी प्लेटफर्म उपलब्ध गराउनु हो।

यस वर्षको प्रदर्शनीमा एफएमसीजी, घरेलु उपकरण, विद्युतीय सामग्री, फेसन परिधान, स्वास्थ्य तथा सौन्दर्य सामग्री, प्रविधि समाधान, हस्तकला तथा गरगहनालगायत क्षेत्रका १५० भन्दा बढी प्रदर्शक सहभागी छन्।

पाँच दिनसम्म चल्ने मेलामा ३५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। दर्शकलाई आकर्षित गर्न विशेष छुट योजना, लक्की ड्र, उपहार तथा अन्य विभिन्न आकर्षक अफरहरू समेत राखिएका छन्।

इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले परम्परागत खुद्रा व्यापारिक केन्द्रहरूले व्यवस्थित व्यापार मेलाजस्तो अनुभव र प्रभाव दिन नसक्ने बताउँदै उत्पादक, व्यवसायी र उपभोक्तालाई एउटै छानामुनि ल्याएर अर्थपूर्ण व्यावसायिक वातावरण सिर्जना गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको बताए।

उनका अनुसार प्रदर्शनीले व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष संवाद तथा बजारको आवश्यकता र रुचिबारे गहिरो समझदारी विकास गर्न सहयोग पुर्‍याउनेछ।

यसपटक आगन्तुकहरूको गुणस्तरीय सहभागिता सुनिश्चित गर्न आयोजकले टिकट प्रणाली लागू गरेको छ। प्रवेश शुल्क सांकेतिक रूपमा ५० रुपैयाँ तोकिएको छ। आयोजकका अनुसार यसको उद्देश्य भीड व्यवस्थापन गर्नुका साथै प्रदर्शक र उपभोक्ताबीच प्रभावकारी तथा उद्देश्यपूर्ण अन्तरक्रिया सुनिश्चित गर्नु हो।