१२ श्रावण २०८३, मंगलवार
,
Latest
पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन मन्त्रालयको अपिल,दोषीमाथि कारबाही प्रक्रिया जारी पहिरामा परी एकाघरका दुई जनाको मृत्यु चीनको गान्सु प्रान्तमा आएको आकस्मिक बाढीमा परी १० जनाको मृत्यु जोर्डनी विदेशमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच क्षेत्रीय सुरक्षा र विकासका विषयमा छलफल टर्कीको अन्ताल्यामा कार दुर्घटनाः पाँच जनाको मृत्यु, दुई घाइते इरानसँगको वार्ता असफल भए कडा सैन्य कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी इजरायली अवरोधका कारण दक्षिण लेबनानमा सेना परिचालन प्रभावित यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सुनसरीमा हट्यो कर्फ्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति



अ+ अ-

काठमाडौ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वार्णिम वाग्लले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिहरूप्रति आलोचना गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेख्दै मिडियालाई ‘खोस्टा’ भनेर गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन्। ज्ञवालीका अनुसार मिडिया लोकतन्त्रका पहरेदार भएकाले उनीहरूको आलोचनालाई सम्मानपूर्वक लिनुपर्ने हो, अपमानित गर्न नहुने बताएका छन्।

उनले अर्थमन्त्रीमाथि आर्थिक विधेयकका सन्दर्भमा ‘पेज सेटिङ’ भन्दा पनि संसदको अवमूल्यन गर्दै ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको उल्लेख गरेका छन्। उनका अनुसार गरिएको नीतिगत परिवर्तनले राज्यको राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसबाट सीमित व्यक्ति वा समूह लाभान्वित भएको आशंका व्यक्त भइरहेको छ।

ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यमा आधारित जवाफ दिनुको साटो व्यक्तिगत टिप्पणीमा उत्रिएको आरोप पनि लगाएका छन्। उनले पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड’ चलाउन नजानेको भन्दै गरिएको व्यंग्य र आलोचक सांसदहरूलाई लक्षित धम्कीपूर्ण अभिव्यक्तिप्रति समेत आपत्ति जनाएका छन्।

उनले यदि कुनै कैफियत छ भने त्यसबारे कानुनी प्रक्रिया अपनाउन कसैले रोकेको छैन भन्दै, तर यस्ता अभिव्यक्तिले सरकारप्रति अझ गम्भीर प्रश्न उठ्ने बताएका छन्।