१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान

प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गर्नुभएको छ ।

सांसद आशिका तामाङले राजमार्गमा प्रत्येक एक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्न माग राख्नुभयो । सांसद अम्बिका विकले पानी उत्पादन गर्ने कम्पनीलाई गुणस्तरता कायम गर्न र पिउने योग्य पानी आमनागरिकको पहँुचमा पुग्न सक्ने वातावरण सिर्जना गर्न माग गर्नुभयो । सांसद अनुष्का श्रेष्ठले नेपाल सरकारको सबै वेबसाइटलाई चुस्त र प्रभावकारी बनाउनु आग्रह गर्नुभयो ।

सांसद डा अमरेशकुमार सिंहले सुशासनको लागि राष्ट्रिय सदाचार नीति अवलम्बन र सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्नुभयो । सांसद अम्बिकादेवी सङ्ग्रौलाले विभिन्न संस्थामा हाल रिक्त भएका पदहरु पूर्ति गर्न माग गर्नुभयो । सांसद अरबिन्द साहले शिक्षा, स्वास्थ्य, मालपोतलगायत क्षेत्रको सेवामा गुणस्तर कायम हुनुपर्ने बताउनुभयो ।

सांसद डा अर्जुनकुमार कार्कीले शिक्षा प्रणालीको सुधारबारे शिक्षकको उच्च मनोबल बढाउन आग्रह गर्नुभयो । सांसद अर्जुननरसिंह केसीले जनताप्रति प्रधानमन्त्रीको जवाफदेहिताको माग गर्नुभयो । सांसद आकृति अवस्थीले विमानस्थलहरुमा हुने उडानको ढिलाइका कारण यात्रुहरुले भोग्नुपरेको सास्तीबारे ध्यानार्कषण गराउनुभयो । सांसद आनन्दबहादुर चन्दले तरकारी विषादी जाँच प्रयोगशालाको गुणस्तरीयताको विषय उठाउनुभयो । सांसद् आरेन राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? भनी प्रश्न गर्नुभयो ।

सांसद आशा झाले जीर्ण अवस्थामा रहेको विराटनगर जुटमिल सञ्चालन गर्न जोड दिनुभयो । सांसद ऐनबहादुर महरले सरकारको बजेट, नीति तथा कार्यक्रममा बझाङ जिल्ला समेटिनुपर्ने बताउनुभयो । सांसद ओजस्वी शेरचनले मेडिकल क्षेत्रमा कार्यघण्टा व्यवस्थित गर्न र उचित पारिश्रमिक व्यवस्थापन गर्न माग राख्नुभयो । सांसद अङ्किता ठाकुरले रात्रिकालीन भत्ता वृद्धि सबै स्वास्थ्यकर्मीमा समान रुपमा लागू गर्न आग्रह गर्नुभयो । सांसद खुश्बु ओलीले राज्यले दिने कृषि अनुदान वितरणमा हुँदै आएको विकृतिबारे ध्यानार्कषण गराउनुभयो ।

सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको बेथिति सुधार्न सरकारको ध्यानकेन्द्रित गर्नुभयो । सांसद गणेश पौडेलले रौतहट जिल्लाका नदी दोहन भइरहेको बताउँदै गैरकानुनी रुपमा क्रसर प्रयोग कार्य नियन्त्रण गर्न ध्यानार्कषण गराउनुभयो । सोही समयमा सांसद गणेशबहादुर विश्वकर्मा, गणेशसिंह ठगुन्ना, गीताकुमारी सेन्दाङ, गुरुप्रसाद बरालले विपी राजमार्ग अत्यन्त दूरावस्थामा रहेको बताउँदै छिटोभन्दा छिटो मर्मत गर्न सरकार समक्ष आग्रह गर्नुभयो ।

यसैगरी, सांसद गोपाल शर्मा, गोविन्द पन्थी, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, चन्दनकुमार सिंह, चन्द्रेश्वर मण्डल, एशुदाकुमारी बराल र गणेश धिमाल, कन्हैया बनिया, कमल सुवेदी, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृपा महर्जन, कृपाराम राना, कृष्णहरि बुढाथोकी, केपी खनाल, खगेन्द्र कर्ण, खगेन्द्र सुनार, खडकबहादुर बुढा, खड्ग शाहीले सार्वजनिक सरोकारका विषयमा ध्यानर्कषण गराउनुभएको थियो । बैठकमा अहिले विनियोजन विधेयक २०८३ माथि सैद्धान्तिक छलफल जारी रहेको छ ।