५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत

ट्रकको ब्लुबुकमा ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट उल्लेख गर्न सरकारको निर्देशन, ट्रक महासंघद्वारा स्वागत
अ+ अ-

काठमाडौँ । मालवाहक सवारी साधन, विशेषगरी ट्रक र ट्याङ्क ट्रेलरहरूको ब्लुबुकमा अबदेखि ‘अनुमतियोग्य कुल सवारी तौल (जीभीडब्लु)’ स्पष्ट रूपमा उल्लेख गर्न यातायात व्यवस्था विभागले सबै प्रदेशका यातायात कार्यालयहरूलाई निर्देशन दिएको छ।

यातायात व्यवस्था विभागले जारी गरेको पत्रमा ट्रक तथा ट्रेलरहरूको भारबहन क्षमतासम्बन्धी अस्पष्टताका कारण नियमन र अनुगमनमा समस्या देखिएको उल्लेख गर्दै अबदेखि ब्लुबुकमा केवल कुल तौल मात्र नभई सवारीले कानुनअनुसार बोक्न पाउने वास्तविक भारबहन क्षमता स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

पत्रअनुसार यातायात व्यवस्था ऐन, २०४९ को दफा १६ (उपदफा ३) तथा मालवाहक सवारी साधनको भारबहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित) को अनुसूची–१ बमोजिम एक्सल, टेन्डम र ट्रिडमका आधारमा गणना हुने भारबहन क्षमता जोडेर ‘अनुमतियोग्य जीभीडब्लु’ का रूपमा ब्लुबुकमा स्पष्ट रूपमा लेख्नुपर्नेछ।

त्यसैगरी निर्देशिकाअनुसार रिजिग्ट ट्रकको अधिकतम भार ३५ टन र ट्रेलर वा सेमी–ट्रेलरको हकमा अधिकतम ४९ टनभन्दा बढी नहुने गरी उल्लेख गर्न पनि निर्देशनमा भनिएको छ। यसअघि जारी भइसकेका ब्लुबुकहरूमा समेत सोहीअनुसार अनुमतियोग्य जीभीडब्लु थप गर्ने व्यवस्था मिलाउन सबै यातायात कार्यालयहरूलाई पत्राचार गरिएको विभागका निर्देशक मणिराम भुसालले जानकारी दिए ।

यस निर्णयलाई नेपाल ट्रक यातायात व्यवसायी महासंघले सकारात्मक र समयसापेक्ष कदमका रूपमा स्वागत गरेको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले पछिल्लो समय देखिएको प्रमुख समस्या नै सवारी आयातकर्ता कम्पनीहरूले उत्पादक कम्पनीको प्राविधिक स्पेसिफिकेसनका आधारमा केवल कुल तौल मात्र उल्लेख गर्ने अभ्यास रहेको बताए। उनका अनुसार यसले वास्तविक कानुनी भारबहन क्षमता स्पष्ट नहुँदा नियमन, अनुगमन र कारबाही प्रक्रियामा बारम्बार अन्योल सिर्जना हुँदै आएको छ।

बानियाँले सरकारको नयाँ निर्देशनपछि अब प्रत्येक ट्रक तथा ट्रेलरको ब्लुबुकमा कानुनअनुसार निर्धारण गरिएको ‘अनुमतियोग्य जीभीडब्लु’ स्पष्ट रूपमा उल्लेख हुने भएकाले सबै सरोकारवाला निकायबिच एउटै मापदण्ड लागू हुने विश्वास व्यक्त गरे।

उनका अनुसार यसले सडक सुरक्षा, ओभरलोड नियन्त्रण र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ। साथै उनले आगामी दिनमा यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नियमित अनुगमन र प्राविधिक प्रणाली अझ मजबुत बनाउनुपर्ने सुझाव समेत दिएका छन्।