१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने



अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा), नेपालले जेठ ३० गतेदेखि आगामी असार १४ गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समन्वय समितिको बैठकले  यही जेठ ३० गते पर्सा, जेठ ३१ गते बारा, असार ३ गते मोरङ, असार ४ गते सुनसरी, असार ५ गते सप्तरी, असार ९ गते सर्लाही, असार ९ गते धनुषा, असार १० गते महोत्तरी, असार १२ गते सिरहा र असार १४ गते रौतहटमा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव पेशल ढलालले जानकारी दिनुभयो ।

उक्त भेलामा पार्टीका सम्पूर्ण तहका सदस्यहरू, भ्रातृ सङ्गठनका सदस्य तथा निर्वाचित जनप्रतिनिधिको अनिवार्य सहभागिता रहनेछ । साथै उक्त कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थिति रहनुहुनेछ । बर्दिया, बाँके र सुर्खेतमा भने भेला सम्पन्न भइसकेका छन् । रासस