१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक

विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक
अ अ+ अ-

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप–२०२६ का खेलहरूको अनधिकृत अनलाइन प्रसारण रोक्न सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।

प्राधिकरणको अनुमतिपत्र शर्त अनुगमन शाखाले जारी गरेको पत्रअनुसार विश्वकप–२०२६ को नेपालभित्रको विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डीगोको संयुक्त उपक्रम ‘एचटिभी–डिजिओ ब्रोडकास्टिङ कन्सोर्टियम जेभी’ले प्राप्त गरेको जनाएको छ।

सूचना तथा सञ्चार मन्त्रालयमार्फत प्राप्त जानकारीका आधारमा विभिन्न पाइरेटेड तथा अनधिकृत वेबसाइट र मोबाइल एपहरूले विश्वकपका खेलहरू नेपालमा निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरिरहेको सूचनापछि प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो।

प्राधिकरणले सेवा प्रदायकहरूलाई ती वेबसाइट तथा एपमार्फत विश्वकपका खेलहरूको अनधिकृत स्ट्रिमिङ हुन नदिने व्यवस्था मिलाउन र सोबारेको जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेको छ।

प्राधिकरणले अनधिकृत प्रसारण गर्न सक्ने ३५ वटा वेबसाइट तथा एपहरूको सूचीसमेत सार्वजनिक गर्दै आवश्यक प्राविधिक अवरोध (ब्लक) गर्ने व्यवस्था मिलाउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।