१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल

बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल
अ अ+ अ-
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ अवस्था तथा किसान, मजदुर र विपन्न नागरिकको आवश्यकतालाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ।

बिहीवार प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा बोल्दै उहाँले बजेटको आर्थिक दृष्टिकोण नै स्पष्ट नभएको टिप्पणी गर्नुभयो। उहाँका अनुसार बजेटले किसान, मजदुर, बेरोजगार युवा तथा गरिब नागरिकका अपेक्षालाई समेट्न सकेको छैन।

उहाँले भीर–पहिरोको जोखिममा रहेका तथा आधारभूत सेवाबाट वञ्चित हजारौं बस्तीलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने कुनै स्पष्ट कार्यक्रम बजेटमा नरहेको बताउनुभयो। साथै, बाँदर आतंकका कारण किसानले बाली जोगाउन नसकेको अवस्थामा पनि त्यस विषयलाई बेवास्ता गरिएको उहाँको भनाइ थियो।

कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान, बाली तथा पशुधन बीमा, किसान पेन्सन र बाँदर नियन्त्रण कार्यक्रम आवश्यक रहेको उहाँले जोड दिनुभयो। स्वास्थ्य क्षेत्रमा पहिलो पटक उपचार सेवामा प्रत्यक्ष कर लगाइएकोप्रति उहाँले असन्तुष्टि जनाउनुभयो।

सरकारी तथ्यांकअनुसार करिब ५९ लाख नागरिक निरपेक्ष गरिबीमा रहेको उल्लेख गर्दै उहाँले उनीहरूको जीवनस्तर उकास्ने ठोस कार्यक्रम बजेटमा नदेखिएको दाबी गर्नुभयो। उहाँले बजेटको कर प्रणाली पनि प्रगतिशील नभई प्रतिगामी भएको आरोप लगाउँदै अप्रत्यक्ष कर र भ्याटको भारले किसान तथा मजदुर वर्ग थप दबाबमा पर्ने बताउनुभयो।

विद्युत उपभोगमा भ्याट लगाइएकाले स्वदेशी ऊर्जा महँगो हुने र ग्यास तुलनात्मक रूपमा सस्तो पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो। उहाँले प्रश्न गर्नुभयो, “अब नागरिकले विद्युत प्रयोग गरून् कि ग्यास?”

उहाँले वैदेशिक ऋणको विषयमा पनि टिप्पणी गर्दै विगतमा ऋणको विरोध गर्नेहरूकै नेतृत्वमा अहिले अझ बढी ऋणको प्रस्ताव आएको उल्लेख गर्नुभयो।

यस्तै, मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका मागहरू बजेटमा समेटिएको नपाइएको उहाँले गुनासो गर्नुभयो।

उहाँले समग्रमा बजेटले उत्पादनमुखी उद्योग विस्तार, कृषि, पर्यटन र जलस्रोतको विकास, ग्रामीण बस्तीको रूपान्तरण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार तथा गरिबी न्यूनीकरणका ठोस कार्यक्रम ल्याउन नसकेको निष्कर्ष सुनाउनुभयो।