• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ – पूर्वराष्ट्रपति भण्डारी ★   स्वास्थ्य मन्त्रालयद्वारा तीन सदस्यीय उच्चस्तरीय समिति गठन ★   वन्यजन्तु बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न ★   सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरुको जोड ★   मानिसदेखि जनावरसम्म सबैका पाँचवटा औंला किन हुन्छन् ? ★   भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान ★   विश्वमा सबैभन्दा धेरै चिया कहाँ पिउँछन् ? ★   सगरमाथा दिवसः बङ्गलादेशमा तस्बिर प्रदर्शनी ★   ‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’ ★   टी–२० विश्वकप कहिले सुरु भयो ?

म्यानमारमा पहिरो, कम्तीमा एकको मृत्यु, ७० बेपत्ता



याङ्गुन । म्यानमारमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु ७० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पहिरोमा परी बेपत्ता भएकाहरुको अहिले धमाधम खोजी कार्य भइरहेको छ । चीनसँगको सिमानामा पर्ने देशको उत्तरी क्षेत्रमा आएको पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका मध्ये सवै जसो मजदुर रहेको जनाइएको छ ।   

बेपत्ता भएकाहरु काम गरिरहेको एउटा खानीमा पहिरो गएको बताइएको छ । उनीहरु त्यहाँ न्युन ज्यालामा काम गरेका थिए । सो खानीबाट बार्षिक दशौँ लाख डलर बराबरको उत्पादन तथा निर्यात हुने गरेको अधिकारीहरुले जनाएका छन् ।“घटनामा परी ७० देखि १०० जनासम्म बेपत्ता भएका हुनसक्छन,” उद्धार कार्यमा खटिएका एक जनाले बताएका छ्न् ।

स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजेतिर पहिरो गएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।“हामीले घटनास्थलबाट जिवितै उद्धार गरेर २५ जनालाई अस्पताल पठाएका छौँ भने एक जनाको शव भेटिएको छ,” उहाँले भन्नुभयो । घटनास्थलमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारका लागि झण्डै २०० जना परिचालित भएको पनि उहाँले जानकारी दिनुभयो । खोजी तथा उद्धारमा खटिएकाहरुले डुङ्गालगायतका सामग्रीहरुको प्रयोग गरेका छन् । (रासस/एएफपी)