२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओर्लिंदा उडान अवतरण बन्द, यात्रुले गरे विरोध



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा केहीबेर उडान अवतरण बन्द गरिएपछि यात्रुले वि’रोध गरेका छन । यात्रु राखेर रनवेतर्फ जाँदै गरेको एक जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आ’क्रोशित यात्रुले ओर्लिएर विरोध गरेका हुन । स्थिति असामान्य भएपछि प्रहरी नै बोलाउनु परेको थियो ।

काठमाडौंबाट भद्रपुरको उडान भर्न लागेको एसएचए नाईन फोर वान कलसाइनको विमानका यात्रु भीभीआईपी उडानका कारण दुःख पाएको भन्दै ओर्लिएर विरोध जनाएका हुन् । यता विमानस्थल प्रशासनले भने ‘नोटाम’ जारी गरिएको समयमा भीभीआईपी उडानलाई असर नपरोस् भनेर केहीबेर विमान उड्न रोकिएको र घटना सामान्य भएको जनाएको छ ।