८ भाद्र २०८३, सोमबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरण : बयानको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरी पक्राउ जेब्रा क्रसिङमै नागरिक असुरक्षित, दुर्घटनाका दोषीलाई कारबाही गर्न महरको माग बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे



अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेङम्बेले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यसलाई फिर्ता ल्याउने विषयमा नेपाल सरकारको स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा राखेको धारणाबारे परराष्ट्रमन्त्री शिशिर खनालले स्पष्ट पारेपछि नेता आङदेङम्बेले नेपालको मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।

आङदेङम्बेले सरकारले गरेका राम्रा काममा विपक्षीको साथ रहने तर देशको भूमिका विषयमा अस्पष्ट जवाफ दिने प्रवृत्ति गलत भएको बताउनुभयो ।

कांग्रेसले राष्ट्रिय स्वाभिमान र सङ्कटका समयमा पार्टीको लाभ हानी नहेरी देशको लाभ हानी हेरेर निर्णय गर्दै आएको स्मरण गर्दै अहिले सरकारका सवालमा पनि त्यही नीति लागु हुने स्पष्ट गर्नुभयो ।