४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे

अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले अब उप्रान्त प्रधानमन्त्री बालेन्द्र साहको उपस्थितिलाई लिएर संसद अवरोध नगर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता आङदेम्बेले प्रधानमन्त्रीको उपस्थितिभन्दा देशका समस्याहरू बढी महत्वपूर्ण र संवेदनशील रहेको उल्लेख गर्दै संसदको अमूल्य समय त्यसैमा केन्द्रित हुनुपर्ने धारणा राखे।

उनले बजेटमाथिको छलफलसहित जनतासँग प्रत्यक्ष सरोकार राख्ने थुप्रै विषयमा संसदमा बहस गर्न बाँकी रहेको भन्दै प्रधानमन्त्रीलाई खोज्ने नाममा संसदलाई अल्झाइराख्नु उचित नहुने बताए।

आङदेम्बेले प्रधानमन्त्री साहलाई संसदको महत्व नलाग्न सक्ने भए पनि प्रतिपक्षका लागि संसद अपरिहार्य रहेको उल्लेख गरे। साथै, प्रधानमन्त्रीले विगतमा जस्तै फेरि पनि ‘छापामार शैली’मा संसदमा उपस्थित भई असहज परिस्थिति सिर्जना गर्न सक्ने आशंका आफूमा रहेको बताए।

“अब म प्रधानमन्त्रीलाई खोज्न चाहन्न। किनभने मुलुकका समस्या र जनताका प्रश्नहरू उहाँको उपस्थितिभन्दा पनि ठूला र संवेदनशील छन्,” उनले भने।

यद्यपि, प्रधानमन्त्रीले सार्वजनिक रूपमा व्यक्त गरेका विषयवस्तु तथा संसदप्रतिको जिम्मेवारीका सवालमा प्रतिपक्षको खबरदारी भने निरन्तर रहने उनले स्पष्ट पारे।

आङदेम्बेले संसदलाई जनताका जीवन्त मुद्दामाथि केन्द्रित गरिनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए।