१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले घटनाबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

बैठकपछि गृहमन्त्री गुरुङले सांसद ओलीलाई भेटेर धम्की सम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिइएको बताउँदै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिएका हुन्।

उनले घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने उल्लेख गर्दै त्यसका लागि सम्बन्धित प्रक्रिया पूरा गर्न सांसद ओलीलाई आग्रह गरेका छन्।

सांसद ओलीले प्रतिनिधिसभा बैठकमा आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन्। त्यसपछि गृहमन्त्री गुरुङले घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।