१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने

नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने
अ अ+ अ-

काठमाडाैँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताउनु भयो ।

ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भुमिका मन्त्री खनालको विश्वास छ । उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनस्र्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिनुभयो । उहाँले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दुई देशबीचको समन्वय, सहकार्य र साझेदारीलाई अझै बलियो बनाउनको लागि दर्जनौँ संयन्त्रहरु रहेका छन् । यसमध्ये केही संन्त्रहरु पछिल्लो समय क्रियाशील नरहेको पनि देखिन्छ । यस्ता संयन्त्रहरुको नियमित बैठकले नेपाल भारतबीच रहेका सम्भावना र सहकार्यका विषयमा छलफल गरी दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्छन् । नेपाल–भारतका विभिन्न क्षेत्रमा काम गर्नेगरी स्थापना गरिएका ती द्विपक्षीय संयन्त्रहरुको बैठक हाल सुचारु भएका छन् ।

ज्वाइन्ट वर्किङ गु्रप अन बोर्डर म्यानेमेन्टको बैठक अगस्ट २०२६ मा आयोजना हुँदैछ । हाल जोइन्ट फिल्ड सर्वे टिमले विभिन्न स्थानमा काम गरिरहेको छ । यस संयन्त्रलाई दिईको जिम्मेवारीबमोजिम हराएको सीमा स्तम्भ मर्मत, पुनसर््थापना र पुनर्निमाण गर्ने कार्यहरु अगाडि बढेका छन् । हाल चार वटा छुट्टाछुट्टै टोली गठन भई नेपाल भारत सीमाका विभिन्न क्षेत्रमा काम भइरहेको छ ।’

उहाँले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताउनु भयो ।