१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रचण्डको सक्रियता : उत्तरदायित्व बोध कि छायाँ सरकारको कसरत ? नौबिसे नागढुङ्गा सडक र पृथ्वीराजमार्ग राति पनि सञ्चालन उद्धार र राहतमा क्रियाशील रहन कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागको आग्रह पृतनापति समन्वयात्मक बैठक सम्पन्न वरिष्ठ पत्रकार विजय चालिसेको ‘युगसन्धि’ उपन्यास सार्वजनिक डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहितको आकर्षक अफरहरू सार्वजनिक साहसी चाणिकलाललाई केएनपी नेरोलेक पेन्ट्सको सम्मान एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश राज्य व्यवस्था समितिमा सांसदको प्रश्नः विपद् प्रतिकार्यमा किन कमजोरी भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको मृत्युपछि कुपोषित छेराछोरीका बाबु बेखबर



अ+ अ-

बाजुरा । जिल्लाको स्वामिकार्तिक गाउँपालिका–१ साप्पाटामा आमाको मृत्यु पछि बाबु बेखबर भएकाले दुई नाबालक अलपत्र बनेका छन् । आमा बच्ची लुवारको गत साउन मृत्यु भएको थियो । बुबा गोरख लुवार रोजगारीका लागि भारत गएकामा अहिलेसम्म बेखर रहेको स्थानीयवासीले बताएका छन् ।

घरमा अरु कोही छैन, ५१ वर्षीय बज्यै सुकीको भरमा तीन वर्षका देबदत्त र छ महीनाकी वसन्ती छन् । सम्पत्तिको नाममा एउटा घरसमेत नभएकी सुकीलाई नाति नातिनी पाल्न निकै सकस भएको छ । छ महीनाकी वसन्तीलाई गाईभैँसीको दूध मागेर पालिरहेको छ । दुबैजनालाई पाल्नका लागि गाउँ चाहर्ने गरेको उनले बताए ।

अलपत्र रहेका दुवैजना कुपोषित भएका छिमेकी सुमित्रा भण्डारीले बताए । आफूलाई कसरी यिनीहरुको पेट पाल्ने भन्ने चिन्ताकै कारण उपचारसमेत गराउन नसकिएको बजै सुकीले बताए । सरकारले आमा र बच्चालाई लक्ष गरेर ‘सुनौला हजार दिन’ कार्यक्रम ल्याए पनि र स्थानीय निकायले लिटो, अण्डा, कुखुरा वितरण गरे पनि उनीहरुले अहिलेसम्म केही सहयोग पाएका छैनन् ।