१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत

दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत
अ अ+ अ-

काठमाडाैँ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सरकारद्वारा दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने निर्णयलाई स्वागतयोग्य कदमका रूपमा लिएको छ।

प्रतिष्ठानले मंगलबार गृह मन्त्रालयको नेतृत्व सम्हाल्दै गृहमन्त्रीले २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डबारे पुनः अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेकोप्रति आभार व्यक्त गरेको छ। प्रतिष्ठानले यसलाई लामो समयपछि इतिहासको संवेदनशील र गम्भीर घटनाबारे सत्यतथ्य उजागर गर्ने दिशामा उठाइएको साहसिक र सकारात्मक कदम भनेको छ।

स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठान ले स्थापनाकालदेखि नै दरबार हत्याकाण्डको निष्पक्ष छानबिनको माग गर्दै आएको उल्लेख गर्दै यस निर्णयलाई संस्थागत उद्देश्यसँग मेल खाने महत्वपूर्ण उपलब्धि भएको जनाएको छ।

प्रतिष्ठानले पुनः छानबिनमार्फत कुनै पनि राजनीतिक पूर्वाग्रह, बाह्य वा आन्तरिक प्रभावबाट मुक्त रही वैज्ञानिक र निष्पक्ष ढंगले वास्तविक तथ्य सार्वजनिक हुने अपेक्षा व्यक्त गरेको छ। साथै, यस प्रक्रियाका लागि नयाँ छानबिन आयोग गठन गरी छिटो र पारदर्शी निष्कर्षमा पुग्नुपर्ने पनि माग गरेको छ।

वक्तव्यमा राजा वीरेन्द्रले विश्व शान्तिका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै उहाँको नाममा शान्ति स्तम्भ निर्माण तथा सम्पत्ति संरक्षणका पहललाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

प्रतिष्ठानले सरकारबाट गरिएको यो निर्णय केवल घोषणा मात्र नभई व्यवहारिक रूपमा छिटो निष्कर्षमा पुग्ने गरी अघि बढोस् भन्ने जोडदार आग्रह गरेको छ।