७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीआईपी जुवाडे आजै छुट्न सक्ने सम्भावना



अ+ अ-

काठमाडौँ । महराजगञ्जस्थित होटल साम्बेला नजिकैबाट शनिबार पक्राउ परेका २५ जुवाडेलाई छुटाउन चलखेल सुरु भएको छ । नेपालहरुको दोस्रो ठूलो चाड तिहारलाई देखाएर शनिबार राती पक्राउ परेका जुवाडेहरुले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

सर्वोच्च अदालतमा आइतबार ३ बजे एक जुवाडेको आफन्त रेखा कुँवरले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन् ।

भाइटिका लगाउनुपर्ने भएकाले अदालतलाई समेत प्रभावमा पारेर रिट दायर गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ । जुवाडेहरु आजै अदालतमा उपस्थित गराईनेछ । जुवाडेको साथबाट प्रहरीले २ करोड ६७ लाख नगद र तीन लाखको चेक बरामद गरेको थियो ।