२७ जेष्ठ २०८३, बुधबार
,
Latest
३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उत्पादन उद्योग विगतका सरकारको कमजोरी देखाएर वर्तमान त्रुटिको बचाउ गर्न मिल्दैन : एमाले सांसद कँडेल अझै सुरु भएन प्रतिनिधिसभा बैठक नेपाली महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल दल त्याग गरेपछि एमालेका ८ जना वडा अध्यक्षको पद रिक्त ‘जान्नेलाई छान्ने’ नाराको वास्तविकता उजागर हुँदै गएको महासचिव पाेखरेलकाे दाबी अर्थमन्त्री वाग्लेमाथि उठेका आरोप संसद वा स्वतन्त्र समितिबाट छानबिन हुनुपर्छ : रामकुमारी झाँक्री फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी



डोनाल्ड ट्रम्प
अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले स्ट्रेट अफ हर्मुज नजिकै अमेरिकी सेनाको एक हेलिकप्टर खसालेको आरोप लगाउँदै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले मङ्गलवार यस्तो दाबी गर्नुभएको हो । उहाँले लेख्नुभएको छ, ‘स्ट्रेट अफ हर्मुजमा गस्ती गरिरहेको हाम्रो अत्याधुनिक अपाचे हेलिकप्टरलाई गएराति इरानीहरूले खसालेको जानकारी मलाई प्राप्त भएको छ ।’

ट्रम्पकाअनुसार हेलिकप्टरमा सवार दुई पाइलटको उद्धार गरिएको छ र उनीहरू पूर्ण रूपमा सुरक्षित छन् । ‘यसो भएपनि, संयुक्त राज्य अमेरिकाले यस आक्रमणको आवश्यक जवाफ दिनैपर्छ’ उहाँले भन्नुभएको छ ।

यद्यपि, अमेरिकी सैन्य बलको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले भने यस घटनाबारे ट्रम्पको दाबीभन्दा केही फरक विवरण सार्वजनिक गरेको छ ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत ओमानको तटीय क्षेत्रमा दुर्घटनामा परेको उक्त विमानका दुई चालक दलका सदस्यहरूलाई दुई घण्टाभित्रै उद्धार गरिएको जनाएको छ । सेन्टकमले भनेको छ, ‘विमान खस्नुको कारणबारे अहिले अनुसन्धान भइरहेको छ ।’

इजरायल र इरानबीच जारी प्रतिशोधपूर्ण आक्रमण र पछिल्लो पटक इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलाका कारण मध्यपूर्वमा तनाव उत्कर्षमा रहेका बेला यो घटना सार्वजनिक भएको हो । सेन्टकमले इरानी संलग्नताबारे अहिलेसम्म औपचारिक पुष्टि गरिसकेको छैन। सिन्ह्वा/ न्युज एजेन्सी नेपाल